काठमाडौं। चिसो पानी, चिसो पेयपदार्थ, दही र मही जस्ता पेय पदार्थहरु गर्मी मौसमका लागि निकै फाइदाजनक हुन्छ। बजारमा सजिल्यै पाइने विभिन्न प्रकारका चिसो पेयपदार्थहरुले शरीरमा अनेकन् प्रकारका बिरामीहरु पैदा गराउँछ।
त्यसैले मही गर्मी मौसमका लागि निकै फाइदाजनक मानिन्छ। मही घरमा नै बनाउन सकिने पेयपदार्थ हो। यो स्वादिष्ट मात्र होइन शरीरका लागि फाइदाजनक पनि हुन्छ।
बजारमा पनि मही सजिल्यै पाइन्छ। हरेक दिन यसको सेवनले गर्मी मौसममा आउने विभिन्न प्रकारका समस्यामा फाइदाजनक मानिन्छ। हरेक दिन मही पिउँदा पाचन प्रक्रिया सक्रिय हुने भएकाले गर्मीमा सहज तरिकाले खाएका खानेकुरा पाचन हुन्छ।
अन्य फाइदाहरु:
१। महीले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ।
२। कब्जियत र पाचन प्रक्रियासँग जोडिएका धेरै समस्याहरुको समाधान गर्छ।
३। महीको सेवनले खाने तरिकामा पनि सन्तुलन गराउँछ।
४। भिटामिन र लवणका लागि मही पिउन आवश्यक छ।
५। शरीरलाई मोइश्चर बनाउँनका लागि मही पिउन आवश्यक छ।
६। शरीरको तापक्रम सही राख्नका लागि पनि मही पिउन आवश्यक छ।