काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन्।
विपक्षी गठबन्धनको कार्यक्रममा उनले भने, ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो। शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाईं भइहाल्नुस्।’ शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा माधवकुमार नेपाललाई बनाउनुपर्ने ओली समूहका नेताहरुले बताएका थिए।
त्यसतर्फ संकेत गरेका नेता नेपालले त्यसलाई अस्वीकार गरेका छन् । उनले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छैन, त्यहाँ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन।’