सञ्चारको पहुँचले विपदमा देखिएको सहयोगी पन



२०७८ को वर्षादको सुरुवातमै वर्षादले देशका विभिन्न ठाउँमा वितण्डा मच्चायो। मेलम्ची, इन्द्रावती, तिनाउ, कालिगण्डकी, मर्स्याङ्दी नदिका बाढीले धेरै धनजनको क्षति गर्यो।

असार ०१ गतेको भिषण बाढीले देशका धेरै भुभाग क्षति हुन पुग्यो। राजधानीको नजिक रहेको मेलम्ची, हेलम्बु देखी मनाङको चामे, बुटवल लगायत क्षति हुन पुग्यो । भौतिक क्षति त अनगिन्ती भयो नै मानविय क्षति समेत भयोे । बर्सौको बास उठ्यो। व्यावसाय टाट पल्टीयो । हेर्दा हेर्दै घर पुरीयो । खेति बगर बन्यो । यसको क्षतिपुर्ति त हुन सक्दैन नै ।

तर राज्यको भेदभाव भुगोलले समेत यति धेरै फरक पर्दो रहेछ भन्ने समेत राम्रै सँग महशुस गरायो। आमसंचार र सडक लगायत अन्य कुरामा समेत सहज पहँुच भएको मेलम्ची को लागि प्राथनाको आवाज, राहात र सरकारको प्रतिनिधीको उपस्थिति समेत राम्रै देखियो । सँगै राम्रै क्षति व्यहोरेको मनाङको विषयमा अझै राज्यको अन्य भुगोल अनविज्ञतानै प्रकट गरिरहेको छ। मनाङमा भएको बाढीको उद्दार तथा राहातका लागि त्यहाँका जनताले ४ दिन सम्म कुर्नु पर्यो।

सहज सडक पहुँच नभएको मनाङमा अन्य र त्यही भएको राज्यको प्रतिनिधी, प्रहरी, प्रशाशन को समेत कस्तो भुमिका रह्यो भन्ने प्रष्ट आएको छैन। भौगोलिक विकटताले मात्र नभइ अन्य कुराले पनि राज्यले कतै भेदभाव गरेको त छैन भन्ने राम्रै अनुभुति भएको छ। एकै दिन भएको बाढी राज्यको पहुँचमा भएकोले एकै दिनमा राहात उद्दार धेरै हद सम्म आमसंचारका साधन समेत पुगेर समचार समप्रेसण भयो तर मनाङमा बाढी आयो भन्दा अर्को कुनै समचार हामीले सुन्न पाएनौ । कतैे संचार जगतले समेत भेदभाव गरेको त होइन।

राज्य र आमसंचार दुबै ठाउँको विपतमा बरावर हुन पर्ने होइन र ? तर यसको कारण के भौगोलिक विकटता नै मात्र हो या अरु केही ? विभिन्न क्षेत्रमा विविध विपतमा त्यहीका संवाददाताबाट संचारले समाचार दिइनै रहेको हुन्छ के मनाङमा यो सम्भव थिएन र?

हुनत विगतमा पनि राज्यको पहुँच वाहिर को क्षेत्र राज्यको नजरमा नपरेको हामीले देखेकै हौ । तर सरकार त मेलम्चीको जनताको पनि हो मनाङका जनताको पनि हो। सरकारले मनाङका जनतालाइ कहिले जनता देख्ने र राज्यको बराबार हकको हामी मनाङका जनता पनि हौँ भनेर कहिले महशुस गराउने। विपतीमा जुँटौ र साथमा विपतिको सामना गरौं।