काठमाडौं। गणेसमान कृष्णप्यारि स्मृति प्रतिस्ठान, मिलिजुली टिकटक परिवार र सचेत युवा जागरण खैरेनी चितवनको संयुक्त आयोजनामा सिन्धुपाल्चोकका बाढी पीडितहरुलाई खाद्यान्न तथा आबश्यक सामाग्री हस्तान्तरण गरेको छ।
मिलिजुली टिकटक परिवारका अध्यक्ष राजन कडेलसहित सचेत युवा जागरण खैरेनीका जागरुक युवा र मिलिजुली टिकटक परिवारका सकृय सदस्य शनिवार सहयोग सामाग्री लिएर मेलम्ची पुगेको सचेत युवा जागरण खैरेनिका अग्रज सदस्य ओम थपलियाले जानकारी दिनु भएकोछ।
असार १ गते बेलुकादेखी इन्द्रावती नदिमा आएको बाडिले सिन्धुपाल्चोकको मेलम्ची बजारलाई बगरमा परिणाम गर्नुको साथै सयौं परिवारलाइ बिस्थापित बनाएको थियो।
सोही बाडिका कारण सर्वस्व गुमाएका परिवारालाइ केही हद सम्म भएपनी राहत पुग्ने उद्देश्यले गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान, टिकटक मिलिजुली परिवार र सचेत युवा जागरण खैरेनीका युवाहरुको सयुक्त पहलमा उक्त राहत सामाग्री बितरण गरेको गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानका तथा मिलिजुली टिकटक परिवारका संरक्षक रारा सैजुले बताउनु भयो।
पीडित २०० परिवारलाई पुग्ने गरि रु ६ लाख ५० हजार बराबरको चामल,दाल, तेल, चीन, चिउरा, भुजा, दालमोठ, चाउचाउ, बिस्कुट, कुकिज, सोयाबिन, म्याट्रेस, र औसधि ) लगायत अतिआबश्यक सामाग्री बितरण गरिएको तथा ११ घरपरिवारको लागि ग्यास, ग्यास चुलो सहित आबश्यक सम्पुर्ण सामाग्री बितरण गरिएको मिलिजुली टिकटक परिवारका अध्यक्ष राजन कडेलले जानकारी दिनुभयो।
परिस्थिति अनुसारको अतिआबश्यक राहत सामाग्री लिएर सिन्धुपाल्चोक पुगेको गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान, मिलिजुलि टिकटक परिवार र सचेत युवा जागरण खैरेनिको टिमलाइ अहिले सम्मकै उत्कृष्ट राहत बाढिपिडितले पाएको भन्दै मेलम्चीका स्थानीय समाजसेवी सुलोचना श्रेष्ठ ( कपाली )ले बिशेष धन्यवाद दिनुभएको थियो।
गत भाद्र महिना सामाजिक संजाल टिकटकबाट जोडिएको मिलिजुली टिकटक परिवारले देशभरीमा हाल सम्म २८ वटा सामाजिक क्षेत्रमा उदाहरणीय कार्य सफलतापुर्वक सम्पन्न गरिसकेको अध्यक्ष राजन कडेलले बताउनु भएकोछ।
परिवारले बालआश्रम, बृद्धआश्रम, अशहाय, बिपन्न परिवार, आर्थिक अभावमा बिधालय जान बाट बन्चित बालबालिका र गरिब- दिनदुखीहरुलाइ सहयोग गर्दै आएको छ।