काठमाडौं। विश्वविजेता फ्रान्स हंगेरीसँग बराबरी खेल्न बाध्य बनेको छ।
शनिबार राति समूह एफ अन्तरगतको खेलमा फ्रान्स र हंगेरीबीचको खेल १–१ को बराबरीमा सकिएको हो।
खेलमा हंगेरीले अप्रत्यासित अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा एटिला फिओलाले हंगेरीलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा एन्टोनी ग्रिजमानले गोल गर्दै खेल बराबरी गरे।
त्यसपछि फ्रान्सले जीतका लागि प्रयास गरे पनि थप गोल हुन सकेन। दुई खेलमा एक जीत र एक बराबरीसहित फ्रान्सको ४ अंक रहेको छ। हंगेरीको १ अंक रहेको छ।