अनेरास्ववियुद्वारा राहत प्रदान



काठमाडौं। नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत तथा स्वास्थ सामग्री वितरण गरेको छ। अनेरास्ववियुले शुक्रबार प्रभावित क्षेत्र हेलम्बुमै पुगेर खाद्य तथा स्वास्थ सामग्री वितरण गरेको हो।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र महासचिव आरति लामासहितको नेतृत्वमा गएको राहत वितरण टोलीले हेलम्बु गाउँपालिकाको वर्डा नम्बर २ मै पुगेर राहत वितरण गरेको हो।

अनेरास्ववियुले सिन्धुपाल्चोकका बाढी–पहिरो पीडितलाई सहयोग गर्न सरकारले तदारुकता नदेखाइरहेका बेला खाद्य, स्वास्थ्य सामग्री, लत्ताकपडा वितरण गरेको महासचिव लामाले जानकारी दिइन। अनेरास्ववियुको पहलमा संकलित राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आफ्नो क्षेत्रमा पहिलोपटक अनेरास्ववियुले राहत उपलब्ध गराएको बताए ।

शुक्रबार बिहानै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राहत सामाग्री अध्यक्ष पराजुलीसहितको टोलीलाई हस्तान्तरण गर्नुभएको थियो । राहत वितरण टोलीमा अनेरास्ववियुका अध्यक्ष पराजुलीसहित महासचिव आरती लामा, उपाध्यक्ष माधव पन्त र सचिवहरू मिलन राइ, मेघनाथ चापागाइँ, महेश श्रेष्ठ , नरेश न्यौपाने र अशोक थापा तथा कोषाध्यक्ष दिपेश प्रसाईंलगायत सहभागी थिए ।