उत्तर कोरियामा भोकमरी



काठमाडौं। उत्तर कोरियाका नेता किम जोङ उनले पहिलो पटक औपचारिक रुपमा उनको देश खानाको चरम अभावसँग जुधिरहेको स्वीकार गरेका छन्।

आफ्नो आफ्नो पार्टीको वरिष्ठ नेताको बैठकमा मानिसहरुको खानाको स्थिति अब तनावपूर्ण हुँदै गइरहेको बताएका छन्।

किमले अघिल्लो वर्ष आएको बाढीका कारण कृषि क्षेत्रले अन्नपातको उत्पादनमा आफ्नो लक्ष्य हासिल गर्न नसकेको उनले बताएका छन् ।

बीबीसीमाप्रकाशित रिपोर्टका अनुसार उत्तर कोरियामा खाद्य सामग्रीको मूल्यले आकाश छोइरहेको छ । उत्तर कोरियाली समाचार एजेन्सी एनके न्यूजका अनुसार उत्तर कोरियामा केरा प्रति किलो ४५ सय डलर (लगभग पाँच हजार रुपैयाँ) मा बिकिरहेको छ ।

उत्तर कोरियामा संकट कोरोना महामारीका कारण पनि गम्भीर भएको छ किनभने उसले छिमेकी देशसँग आफ्नो सीमा बन्द गरेको छ ।

यसैकारण चीनसँग व्यापार कम भयो । उत्तर कोरिया खाद्य सामग्री, मल र इन्धनका लागि चीनमाथि निर्भर छ ।

यसका साथै उत्तर कोरिया अन्तर्राष्ट्रिय प्रतिबन्धसँग पनि जुधिरहेको छ जुन उनको परमाणु कार्यक्रमका कारण लगाइएको थियो ।

किम जोङ उनले देशको सत्ताधारी वर्कर्स पार्टीको महत्वपूर्ण सेन्ट्रल कमिटीको बैठकमा देशमा खानाको हाहाकारको स्थितिबारे चर्चा गरे जुन यसै हप्ता राजधानी प्योंगयांगमा सुरु भयो ।

उत्तर कोरियामा कृषि उत्पादनमा कमी आएको छ तर किमले बैठकमा पछिल्लो एक वर्षको तुलना गर्ने हो भने देशको औद्योगिक उत्पादनमा वृद्धि भएको बताएका छन् ।

बैठकमा अमेरिका र दक्षिण कोरियासँगको सम्बन्धबारे पनि चर्चा हुने बताइएको थियो तर यसबारे जानकारी भने दिइएको छैन ।

किमले यस वर्या अप्रिलमा पनि उनको देश कठिनाइसँग गुज्रिरहेको स्वीकारेका थिए । किमको यो स्वीकारोक्तिलाई दुलर्भ मानिएको थियो ।

उनले त्यतिबेला अधिकारीसँग आफ्ना जनतालाई मुश्किलबाट थोरै भएपनि राहत प्रदान गर्नका लागि पुनः एक ‘मुश्किल मार्च’ सुरु गरिने बताएका थिए ।

यो शब्दको प्रयोग उत्तर कोरियामा ९० को दशकमा गरिएको थियो जब देश भारी अनिकालसँग जुधिरहेको थियो । त्यतिबेला सोभियत संघ बिघटन भएपछि उत्तर कोरियाले मद्दत पाउन बन्द भएको थियो ।

उक्त अनिकालको समयमा भोकमरीले कति जनाको मृत्यु भएको थियो, यसको स्पष्ट जानकारी त छैन तर यो संख्या करिब ३० लाख भएको हुनसक्ने अनुमान गरिएको छ।