चप्परगौडी–निबुवा सडक जिर्ण, हिउँदोमा धुलाम्मे, वर्षामा हिलाम्मे (फोटो फिचर)



कोहलपुर। प्रस्तावित कोहलपुर–सल्यान सडकको चप्परगौडी–निबुवा सडकखण्ड जिर्ण बनेको छ। कोहलपुर नगरपालिका वडा नं. १२ को चप्परगौडी बजारक्षेत्रदेखि निबुवासम्मको सडकखण्ड जिर्ण बनेको हो।

चप्परगौडीको १२ नं. प्रहरी बिटदेखि उत्तरतर्फ निबुवारोड नामले परिचित उक्त सडकको बिचबिचमा सानाठूला खाडल बनेका छन्। मुख्य बजारक्षेत्र रहेको निबुवागेट नजिक हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे बन्ने गर्दछ। उक्त सडकमै बजारको छेउमा कोहलपुरको वडा नं. १२ र १३ को वडाकार्यालय समेत पर्दछ। वडाकार्यालयको नजिकै बजारमा जिर्ण बनेको पक्की सडकको केही स्थानमा ग्राभेल हालिएको छ। ग्राभेल हालेपछि आएको वर्षाका कारण पहिले भन्दा झनै ठूलो ताल परेको छ। सडकबाट बगेर नालामा जानुपर्ने पानी सडकमै जम्मा भएर कतै हिलाम्म त कतै ताल बनेको देख्न सकिन्छ।

हिउँदोमा धुलो उडेर पसल तथा घरहरु धुलाम्मे बन्ने र वर्षामा ताल परेर कुरुप देखिने उक्त पक्की सडकलाई मर्मतसुधार गर्नुपर्नेमा ग्राभेल ल्याई हालेको भन्दै यहाँका स्थानिय व्यापारीहरुले आक्रोश व्यक्त गरेका छन्। कोहलपुरका अन्य बजार भन्दा चप्परगौडी बजारक्षेत्र यस सडकका कारण फोहोर र हिलाम्मे देखिने भएपनि सम्बन्धित निकायको नजर पर्न नसकेको यहाँका स्थानियको गुनासो छ।

तस्बिरमा हेर्नुहोस्ः