गायक परियारको नेतालाई खुला पत्र



नेता ज्यू
राष्ट्र राेही रहेको वेला
कसरी हाँस्न सक्छु र म
जनता सासफेर्न पनि नपाई
छट्पटाई मरिरहेको वेला
कसरी मन थाम्न सक्छु र म

हस्पिटल खाेज्दा खाेज्दै
हस्पिटलकाे वेडै नपाई
अक्सिजन नपाई
दिनदिनै मान्छे मरिरहेकाे वेला
कसरी मन सम्हाल्न सक्छु र म

देशै राेही रहेको वेला
जनता भाेक भाेकै खाना नपाई
तड्पिरहेकाे वेला
कसरी म नराेही वस्न सक्छु र
नेता ज्यु
हुजरलाई त आराम हाेला किन पनि आराम नहाेस न देशको चिन्ता न जनताको चिन्ता , विरामी पर्दा आफुलाई महंगो हस्पिटलमा उपचार गराईहाल्नु हुन्छ क्यार , नेपाल मा नभए विदेश मा उपचार गराईहाल्नु हुन्छ के काे चिन्ता
हाम्रो पाे हामीलाई पिर

हजुरलाई त के काे पिर भयो र
जता गयो पावर छ ,शक्ति छ, सम्पत्ति छ हाैेईन र नेता ज्यू
तर
तर यस्तो वेला नेता ज्यू

केही वाेल्न मन लाउछ
केही सुनाउन मन लाउछ
केही लेख्न मन लाउछ
केही आफ्ना मनका कुरा
वहकाउन मन लाउछ
के
मेरो वाेल्ने अधिकार हैनर
तर ,
तर दुर्भाग्य नेता ज्यू

याे देशको प्रधानमन्त्री भएको भए पाे त
मत साेझाे ईमानदार
सच्चा देशभक्त भएर मात्रै के
गर्न सक्छु र
नेता ज्यू

कठै
मेरो देश
मैले मात्रै त
के गर्न सक्छुर

मेरो देशको माया मैले मात्रै
मानेर के हुन्छ र
मान्ने नेता ज्यू हरूले नमानि दिएपछि

आखिर के नै गर्न सक्छुर मैले
राष्ट्र र राष्ट्रियता काे मर्म लाई
हजुर नेता ज्यू ले नवुझि दिएपछि

आखिर
आखिर
के गर्न सक्छु र मैले नेता ज्यू

विचरा म
आम सर्वसाधरण नित्थाह जनता ले
शाेसित पिडित जनताले
उत्पीडित दलिन जनताले
अपहेलित
अवहेलनामा परेको सर्वहारा
नेपाली जनताले
तर
तर
मैले
सक्छु त केवल
नेता ज्यू
पीडा देखाउन
विलाप गर्न
चिच्याहट् र आक्रराेस पाेख्न
वेदना काे भेल पाेख्न
यस्तै
यस्तै वेदना कति छन् कति

हरेक राजनीतिक परिवर्तन का पछाडि
निर्वाचनमा भाेट माग्न आउदा हजुरहरूलाई भाेट हालेकै त हाे नि
हाेईन र नेता ज्यू
अब त केही हुन्छ कि भनेर
हाईन र
चुनाव ताका खवै प्रयाेग गर्नु भएकाे थियोे नि
हजारौं कलाकार हरूलाई
के विर्सनु भयो अहिले
के फेरि पनि चाहिदैन र

याे विषम परिस्थिति मा
कसरी वाँचेका छन् हाेलान
के खाए हाेलान , कस्तो अवस्था हाेला
एकपटक पनि साेध्नु भएन है

कति साँराे ढुङ्गा जस्तो मन रहेछ
नेता ज्यू हजुरको त

चाहिन्जेलकाे भाडाे
नचाहिन्जेल काे ठाडो
जस्तै
वनाउनु भयो है
किन
किन नेता ज्यू ….?

जातीय विभेदका घटना हरू झन् झन् वढि रहेका छन्
के नारा मा मात्रै समिति राख्ने हाे र नेता ज्यू

चुनाव ताका ठाेकुवा गरेर
भन्नू भएको थियो नि राष्ट्र समुनत हुन्छ , समृद्ध , हुन्छ, समानता हुन्छ ,समावेशी हुन्छ , सिङ्गापुर जस्तै राष्ट्र हुन्छ भनेर
आशाका सुन्दर सुनाैला आश्वासन हरू दिएको हाेईन र

साच्चिकै परिवर्तन हुन्छ कि भनेर विस्वास गरेरै
अन्धभक्त , निरलज्ज भएर तपाईंलाई भाेट दिएकै त हाे नि
जिताएर पठाएकै त हाे नि
हाईन र नेता ज्यू
विर्सनु भयाे र
तर
तर
फेरि पनि किन धाेका भयो
भाेट काे अवमूल्यन किन गरियो
नेता ज्यू
भाेट काे हत्या किन गरियो
भाेटलाई बलत्कार किन गरियो
याे देशको स्वाधीनता माथि प्रहार किन गरियो
किन गरियो
नेता ज्यू

देश त आमा हुन
श्रद्धाले प्रेम गर्नु पर्छ हाईन र
आमाको छातिमा लात किन हानियाे
नेता ज्यू
तपाईं लाई अलिकति पनि लाज लागेन

के मैले भाेट हालेर जिताकाे

यही अवस्था हेर्नलाई हाे र यहि परिणाम देख्नलाई हाे
यति ठूलो महाविपत्ति मा पनि
संसध विघटन गर्नु , राष्ट्रपतिकाे अध्यादेश आउनु , निर्वाचनको मिति तय गर्नु , एकतर्फी रूपमा निरंकुशतन्त्र लाद्न पाईन्छ
यही हाेत त गनतन्त्र
यस्तै हुन्छ र लाेकतन्त्र गनतन्त्र मा
यस्तै हुनका लागि हजारौं शहिदहरूकाे वलिदान गरिएको हाे
कतिकाे अस्मिता लुटियाे , कति टुहुरा भए , कति वेपत्ता भए
कति घाईते छन्
हेक्का राख्नु भएको छ नेता ज्यू
शहिदहरूकाे रगत के सित्तैमा वगेकाे हाेर
हरेक कालखण्डमा,हरेक राजनीति परिवर्तनका पछाडी जनताले आफ्नो भाग्य आफै फैसला गरेको देश हाे नेपाल
तिम्रो अनिर्णयको बन्दीले
राष्ट्रले निकास पाउदै पाउदैन
फैसला जनताको हातमा हुन्छ
नेता ज्यू
गम्भीर भएर विचार गरियोस् …

धन्यवाद।

भरत परियार
सल्यान दमाचाैर
हाल बागबजार काठमाडौं