ज्ञानेन्द्र शाही काण्ड: पक्राउ परेका बिनासर्त रिहा



सुर्खेत। ज्ञानेन्द्र शाहीको समूहमाथी आक्रमण गरेको आरोपमा प्रक्राउ परेका मजदुरहरु बिना सर्त रिहा भएका छन्।

आफन्त तथा स्थानीयको चर्को बिरोधपछि प्रहरी प्रसाशनले उनीहरूलाई बिना सर्त रिहा गरेको छ।

वीरेन्द्रनगर–१३ करेखोलमा शुक्रबार अभियान्ता शाही र स्थानीय युवाविच भएको झडपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो । घटनामा अभियान्ता शाहीको टोलीले होहल्ला गरेपछि स्थानीय युवाविच झडप भएको स्थानीयले दावी गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतम आज प्रदर्शन गरेका हुन् ।

प्रहरी कार्यालयमा भएको दुवै पक्षमा छलफलमा दुवै पक्षले गल्ती स्वीकार गरेपछि मिलापत्रबाट विवाद साम्य भएको हो । आफन्तले प्रहरी कार्यालयअघि निरन्तर धर्नामा बसेपछि अभियान्ता शाही छलफलका लागि पुगेका थिए । प्रहरीको रोहवरमा भएको वार्तामा दुवै पक्षले वीनवीन माध्यमबाट जान सकरात्मक देखिएपछि मिलापत्र भएको प्रहरी स्रोतले जनाएको छ ।