भारतीय सेनाले नेपाली सेनालाई दियो स्वास्थ्य समाग्री



काठमाडौं। भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य समाग्री तथा उपकरण हस्तान्तर गरेको छ।

‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतीय सेनाले करिब २८.८ करोड रुपैंया बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण नेपाली सेनालाई हस्तान्तरण गरेको भारतद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहका बीच नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई भेन्टिलेटर, एम्बुलेन्स, आइसीयू बेड, पीपीई किट, पिसिआर परीक्षण किट लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।

भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड–१९ विरुद्धको लडाइँमा भारतको सहयोग निरन्तर रहने जनाउँदै यस सम्बन्धमा नेपाली सेनाले पु¥याएको योगदानको प्रशंसा गरे। गत सालयता भारतीय सेनाले नेपाली सेनालाई कोभिड महामारीविरुद्ध लड्न विभिन्न किसिमका सहयोग प्रदान गर्दै आएको छ।