केही दिन यता २०७८/०७९ काे बजेट पश्चात चुरे उत्खनन्काे विषयले राम्रै स्थान पाइरहेकाे छ। सरकार चुरे बेचेर धनी वन्न चाहन्छ। तर, जनता बाँच्न चाहन्छन्। चुरे चुरे मात्र नभएर समग्र देशकाे जीवन हाे भन्ने कुरा जनतालाई थाहा छ। देशकाे तराइदेखि पहाडसम्मकाे सम्पुर्ण जीवनकाे आधार भूमि हाे चुरे। याे यथार्थ थाहा पाएर पनि सरकार किन यति कठोर काम गर्न लालायित छ?
केही वर्ष अगाडीसम्मकाे चुरे क्षेत्रका गहिरा खाेलानाला पानीले भरिएका हुन्थे। अहिले ग्रेगर माटाेले भरिएका छन्। तर, रित्ताे गरी भरिएका छन्। मेराे वरपरका खाेला खहरेमा फगत खाेला खहरे छन्। तर, त्यँहाकाे खहरेकाे जीवन रित्ताे भइसकेकाे छ। ढुगाहरु सकिसकेका छन बाँकी रहेका केही गिटीहरु सकिने क्रममा छन्। हुनत फेरी भरिहाल्छन भन्ने पनि हाेला। तर, कहाँबाट कस्ताे रुपमा याे पनि त साेचनिय कुरा हाे। चुरे दाेहनले ग्रेगर ढुगाले पुन भरिन्छन। तर त्यसले खाेला खहरे र त्यसमा आश्रीत जीवनलाइ जीवन दिन सक्दैनन्। केही वर्ष पहिलाका हरिया डाँडाहरु केवल मरुभुमी भइसकेका छन्। त्यसमा आश्रीत चरा देखी कमीलालगायत अन्य वन्यजन्तु सबै लाेप भइसकेका छन् हुने क्रममा छन्। केही स्थानमा देखिने हरीयाली पनि जंगल नभएर रुखकाे खेति भएकाे छ। जसले समग्र पारिस्थितिक पद्दतीमा खलल पुर्याएकाे छ।
सरकारकाे नितिले सुरुमा चुरेमा सडक लगियाे। जुन एक हिसावकाे आवश्यकता पनि हाे तर अध्ययन विना वनेका सडकले सहजता मात्र हैन विनास समेत उतीकै निम्त्याएकाे छ। चुरे एक कमजाेर भु धरातल हाे जहाँ सडक लैजादा पहिराे पनि सँगै लगिएकाे छ। चुरेमा पनि त वस्ति छ भलै कम सँख्यामा हाेस उनिहरुकाे जीवन पनि सहज हुदैन हरदम पहिराे र भुक्षय अनि पानीकाे समस्या पर्न जान्छ। पुर्ण पारिस्थितिक पद्दती र तराइदेखि हिमालकाे जनजीवन समेत चुरेमा निर्भर छ। चुरे मरुभुमिकरण हुनासाथ तापक्रम बढ्न गइ हिमालमा समेत यसले असर गर्दछ। त्यसै पनि हिमालहरु कालपाहाड वन्दै गइरहेकाे अवस्थामा त्यसपछि झन के हाेला? २०७१ सालमा भारत ढुगा निकासी कानुनी रुपमा राेकीए पनि चाेरी निकासी भइरहेकाे छ। त्याे बेला पनि वेला बेलामा हामी सुन्ने गर्थ्याै कि ढुगा निकासीबाट भएकाे आम्दानी भन्दा ठूलाे खर्च त्यसबाट भएकाे सडक क्षतिकाे मर्मतमा खर्च भएकाे छ भनेर। तसर्थ ढुंगा बेचेर यसले व्यापार घाटा पुर्ति गर्छ भन्नु हाँस्यास्पद नै लाग्छ। यसले त्याेभन्दा ठुलाे घाटा व्यहाेर्नु पर्ने अवस्था आउनेनै छ। यसले जमीनकाे उर्भरा शक्ती देखि जमिन मुनिकाे पानी सम्म सक्दछ।
केहीकाे याे तर्क पनि सुनिएकाे छ कि जससँग जे छ त्यसले त्यही बेच्ने हाे हामाी सँग ढुगा गिटी छ यही बेच्ने हाे। तर, यसाे भन्दैमा घर बेचेर पैसा आउछ त्याे पैसाले डेरा बस्ने भन्ने कुरा त हुँदैन नि। याे तल्कालिन फाइदा हाेला तर दिर्घकालिनमा यसले ठूलाे असर हुन्छ।
चुरे विक्री भन्दा हामीसँग भएकाे चुरे बेच्ने हैन चुरेकाे दृष्य बेच्न सक्दैनाै र? चुरे सरक्षण गरेर त्यहाँकाे जीव जन्तु र समग्र संरक्षण गरेर त्यहाँ पर्यटनकाे सम्भावनाकाहरुकाे खाेजी गर्न सकिन्छ नै। कुनै कुरा विक्रीभन्दा संरक्षण गरेर पनि त्याेभन्दा ठूलाे फाइदा लिन सक्ने सम्भावनालाइ नकार्न सकिन्न। चुरे संरक्षणले तराइकाे उव्जाउ भुमिका साथै पानीका श्राेत बचाउन सकिन्छ र चुरे वन मार्फत पर्यटन प्रवर्धन गरी अझ दिर्धकालिन फाइदा लिन सकिन्छ ।
तसर्थ चुरे विक्री हैन चुरेकाे दृष्य विक्री गराै। तराइदेखि हिमालसम्मकाे जनजीवन बचाआै। प्रकृति मान्छेकाे मात्रै हाेइन। आफु पनि बचाैँ प्रकृति पनि बचाअाैँ।