कालिकोट राष्ट्रिय प्रसारण लाईनमा जोडियो



कालिकोट। कालीकोट राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ।

लामो समयपछि कालीकोट जिल्ला सदरमुकामा राष्ट्रिय प्रशारण लाईनमा जोडिएको हो।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तत्कालीन उर्जा मन्त्री हुदा गरेका निर्णयले सार्थकता पाएको छ। मुख्यमन्त्री शाहीलेको पहलमा कालीकोटमा राष्ट्रिय प्रशारण लाईन विस्तार भएको छ।

स्थानीय स्तरमा निकालिएका केही स–साना जलविद्युत् आयोजनाले जिल्लाका सबै क्षेत्रको माग धान्न नसकेको बेला कालीकोट राष्ट्रिय प्रशारण लाईनमा जोडिदा नागरिकमा उत्साह जागेको छ।जिल्लामा रहेको एक मात्र पोतमारा जलविद्युतको नहर पहिरोले बगाउदा गत असारबाट बन्द भएको थियो।

मुख्यमन्त्रीकै निर्देशनमा सदरमुकाम मान्मलाई जेनेरेटरबाट भएपनि विहान बेलुका बत्ति दिने गरिएको भए पनि राष्ट्रिय प्रशारण लाईन जोडिदा अव अन्धकारमा बस्नु पर्ने बाध्यता हट्ने नागरिकको भनाई छ। राष्ट्रिय प्रशारण लाइनमा जोडिएला र उज्यालोको अनुभूति गरौंला भन्ने वर्षौंदेखिको आशा, पुरा भएको स्थानीयले बताएका छन्।

पोतमारामा ५०० किलोवाटको पोतमारा लघु जलविद्युत् आयोजनाको पावर हाउसमा समस्या आएपछि अहिले कालीकोटबासी अन्धकारमा बस्न बाध्य भएका थिए। अव यहाँका नागरिकको उज्यालोमा बस्ने धोको पुरा भएको हो।