ओली पक्षसँग वार्ता नलब्याउने: खनाल-नेपाल समूह



काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकता जोगाउन अन्तिम समयसम्म प्रयास निर्णय गरेको छ।

तर अध्यक्ष केपी शर्मा ओली पक्षसँग हुने वार्तालाई धेरै समय ल्याउन नहुने नेताहरुको जोड छ।

बिहीबार र शुक्रबार गरी दुईदिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले पार्टी एकता जोगाउन प्रयत्न गर्ने निर्णय गरेको हो।

एमालेलाई २ जेठ २०७५ अगाडिकै अवस्थामा लैजाँदा एकता जोगिने निष्कर्ष निकालिएको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए। ‘वार्ताको ढोकाहरु खुला राख्ने निर्णय भएको छ। तर अहिले चलिरहेको अनौपचारिक वार्ताहरु अनन्तकालसम्म झुण्ड्याइरहनु हुन्न भन्ने निर्णय भएको छ’, उनले भने।