कर्णालीमा कांग्रेसका दुई जना मन्त्री



सुर्खेत। कर्णाली प्रदेश सरकारमा सहभागी हुने २ मन्त्रीको सपथग्रहण आइतबार हुने भएको छ।

कांग्रेस संसदीय दलको बैठकले शुक्रबार (आज) औपचारिक निर्णय गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जानकारी दिएको हो।

बिहिबार नेपाली कांग्रेस संसदीय दलले सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठको नाम अनौपचारिक रुपमा सिफारिस गरेको थियो ।

मुख्यमन्त्री शाही निकट स्रोतका अनुसार काँग्रेस संसदीय दलको औपचारिक निर्णय ढिलो आएकोले आइतबारमात्र नियुक्ति र पद तथा गोपनीयताको सपथ ग्रहण हुने भएको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता काँग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएको थियो। २०७४ को निर्वाचनपछि काँग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग कर्णालीबाट सत्ता साझेदारी गर्न लागेको हो।