काठमाडौं। पूर्व सभासद् तथा जनता समाजवादी पार्टी, नेपालका नेता डा. वीरेन्द्र प्रसाद महतोले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्व एवम् पूर्व सांसद विष्णुलाल तामाङ (बिएल वाइबा) को निधनको खबरले आफू स्तब्ध भएको भन्दै दुःख व्यक्त गरेका छन्।
आज शोक वक्तव्य जारी गर्दै डा. महतोले वाईबाको सादा जीवन र उच्च विचार आफूहरुको लागि सधैं प्रेरणाको स्रोत बनिरहने बताएका छन् । महतोले वाईबालाई नेपाली राजनीतिको सच्चा राष्ट्रवादी र अग्रगामी नेताको रुपमा चित्रण गरेका छन् ।
उनले वाईबाको निधनले कम्युनिष्ट आन्दोलनले कुशल अभिभावक गुमाएको पनि बताएका छन् । पद, प्रतिष्ठाको पछि नलागी जनताको सेवकको रुपमा परिचित वाईबा जनस्तरमा अत्यन्तै लोकप्रिय रहेको पनि महतोले उल्लेख गरेका छन् ।