हुम्ला। हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमणका कारण पहिलोपटक एक जनाको मृत्यु भएको छ।
जिल्ला अस्पताल ल्याउने क्रममा सर्केगार्ड गाउँपालिका–२ को रिप गाउँका ५७ वर्षीय पुरुषको बाटोमै मृत्यु भएको हो।
उनलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याउन लागिएको थियो। जिल्लामा कोरोनाबाट मृत्यु भएको यो पहिलो केश भएको हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्भ शर्माले जानकारी गराए।
सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गर्न सम्भव नभएपछि जिल्ला अस्पतालमा थप उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको हो।
स्वास्थ्य चौकीमा उपचार नहुने भएपछि बिहीबार बिहान उपचारका लागि दुई जना छोराहरुले स्टेचरमा बोकेर ल्याउने क्रममा दुल्ली कुनामा मृत्यु भएको बताइएको छ।