कोहलपुर। रत्न राजमार्ग नाम रहेको सुर्खेत-नेपालगञ्ज सडकखण्ड पूर्व रानी रत्न राज्यलक्ष्मी देवी शाहको नामबाट नामाकरण गरिएको राजमार्ग हो।
विसं. २०३३ सालबाट सञ्चालनमा आएको उक्त राजमार्गको लम्बाई बाँकेको जमुनाहा देखि सुर्खेतको बाङ्गेसिमलसम्म १ सय १३ किमी रहेको छ।
सरकारले हालै गरेको बजेट भाषणमा सिद्धार्थ राजमार्ग र रत्न राजमार्गलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्नका लागि ७ अर्ब बजेट विनियोजन गरेको छ।
तस्बिरमा हेर्नुहोस् रत्न राजमार्गका केही स्थान र यहाँबाट देखिएका केही दृष्यहरु:
तस्विर: दिपेन्द्र (लामिछाने) हमाल