हुम्ला। हुम्लाको सर्केगाढ गाउँपालिका स्वास्थ्य प्रमुख शन्तोष धामी आफै कोरोना संक्रमित हुन्।
उनलाई गत बैसाखमा स्वास प्रस्वासमा समस्या देखिएपछि अक्सिजनको आवश्य परेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला पुर्याएका थिए।
आफन्तले ९ लाख ५० हजार खर्च गरेर हेलिकप्टर चाटर्ड गरेर जुम्ला पुर्याइएका उनै बिरामी धामीले हुम्लाकै अर्का बिरामीलाई (५ हजार ) सहयोग गरेर मनकारिको परिचय दिएका छन्।
हुम्ला जिल्ला अदानचुली गाउँपालिका ३ रोकाया गाउँ निबासी वर्ष ४५ को जाड दमाईको छोरा वर्ष १३ का अखिल दमाईलाई केहि दिन अगाडि कर्नाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्ला ल्याइएको थियो।
प्रतिस्ठानको उपचारपछि सोमबार (आज ) ल्युकेमिया अर्थात ब्लोड क्यान्सर देखिएको चिकित्शकले बताएपछि क्यान्सर अस्पताल चितवन रिफर गरियको प्रतिस्ठानका उपकुलपति डा.मंगल रावलले बताए।
रावलका अनुसार यातायातको नि:शुल्क चितवन पुर्याउने ब्यवस्था गरिएको छ। प्रतिस्ठानका उपकुलपति रावलको अग्रसरतामा ति बिरामीलाई सामाजिक अभियन्ता तथा नायिका मनिशा कोइरालाले सक्दो सहयोग गर्नेछिन।
निजको आर्थिक अबस्था ज्यादै कमजोर भएकोले सहयोग गर्न चाहनु हुने महानुभाबहरुले निजको बुवाको मोबाइल न ९८६४९०५५२६ मा सम्पर्क र निज अखिल दमाईको बुवा जाड दमाईको आइएमई बैक हुम्लामा रहेको खाता नम्बर T207010000406 रकम जम्मा गरि सहयोग गर्न सक्नु हुनेछ।