सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा थप १० दिन निषेधाज्ञा लम्बिएको छ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार जारी निषेधाज्ञा आदेश जेठ २५ गतेसम्म थप गरिएको हो।
योसँगै वैशाख १४ गतेदेखि शुरु भएको निषेधाज्ञाको समयावधि ठिक १ महिना पुगेको छ।
आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले २५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
संक्रमित नघट्दा सम्म निषेधाज्ञा थप्नु बाहेक विकल्प नरहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाले बताए।