भेरी अस्पताल प्रकरण: दोषी नियन्त्रणमा,अनुसन्धान हुँदै



बाके। बिहीबार राति भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्यु भएको घटनामा संलग्नलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य प्रारम्भ भएको गृहमन्त्रालयले जनाएको छ।

घटनाको सत्यतथ्य छानबिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन समेत गरिएको मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयले यसअघि सोलुखुम्बु, धनुषा, कास्की तथा मोरङ ज्लिलामा यस्ता घटनामा संलग्न व्यक्ति उपर कानुन बमोजिम कारवाही गरिसकेको र कोभिड बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूमाथि हुने यस प्रकारका घटना घट्न नदिन, दोषीलाई कानुन बमोजिम कारवाही गर्न र स्वास्थ्यकर्मीहरुको सुरक्षामा विशेष ध्यान पुर्याउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन समेत दिइसकिएको जानकारी पनि दिएको छ।

भेरी अस्पतालमा वार्डमा नै छिरेर चिकित्सक र नर्समाथि भएको हातपात र भौतिक आक्रमणको घटना प्रति गृहमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।