भेरी अस्पतालमा तनाव: नर्सले २ तलाबाट हामफाले



बाके। कोरोना संक्रमितको मृत्यु भएको विषयलाई लिएर आफन्तहरुले भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुलाई लखेट्दै कुटपिट गर्न खोज्दा  ज्यान जोगाउन ४ जना नर्सले अस्पतालको २ तलामाथिबाट हाम फालेका छन्।

दाङका एक पुरुषको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तहरुले मान्छे मार्यो भन्दै स्वास्थ्यकर्मीहरुलाई लखेट्दै हातपात गर्न खोजेपछि अस्पतालमा भागाभाग भएको छ।

अहिले सबै स्वास्थ्यकर्मीहरुको भागाभाग भएर अहिले अस्पताल बाहिर बसिरहेको मेसु डा.प्रकाश थापाले जानकारी दिए।

उनले भने, ‘स्थिति डरलाग्दो छ, बिरामीको मृत्युको विषयलाई लिएर आफन्त र भिजिटरहरुले स्वास्थ्यकर्मीहरुलाई लखेटे, घाँटी थिच्न थाले ज्यान जोगाउन एक डाक्टर र ३ जना नस अस्पतालको भवनबाट हाम फाले, यहाँ अहिले सुरक्षाकर्मीहरु हुनुन्छ । हामी सबै आत्तिएका छौ।’

उनले अस्पतालको हालको अवस्थाले उपचारत १७५ जना बिरामीको ज्यानसमेत जोखिममा रहेको बताए। थप विवरण आइन बाकी…