जुम्ला। जिल्लाको चन्दननाथ नगरपालिकाद्वारा संचालित उद्योग वाणिज्य संघको भवनमा तत्काल २५ बेडको आईसोलेसन केन्द्र निर्माण गरिएको छ।
नगरकि मेयर कान्तिका सेजुवालले सामाजिक संजाल फेशबुकमार्फत २५ बेडको आइसोलेसन निर्माणको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएकी छन्।
मेयर सेजुवालका अनुसार आईसोलसन केन्दभित्र बत्ति, टेलिभिजन, ईन्टरनेट, सर्वसुलभ शौचालय, खाना नास्ताको व्यवस्था, सफा र स्वच्छ वातावरण, स्वस्थ्य सुरक्षाका साम्रगीहरू, स्वास्थ्यकर्मीको निकरानिलगायतका आधारभुत कुराहरुको व्यवस्था गरिएको छ।
साथै मेयर सेजुवालले कोभिड-१९ सम्बन्धि सम्पूर्ण स्वास्थका मापदण्ड पालना गर्न नगरबासीलाई अनुरोध गरेकी छन्।
उनले भनेकी छन्, “कोरोना मुक्त नगरपालिका वनाउन लकडाउनको पुर्ण पालना गरौं। कोरोना पोजेटिभ व्यक्तिहरु सकभर छुट्टै घरमा बसौं। घरमा बस्न ३ नम्बर तस्विरमा भएको कुराहरुको व्यवस्था नभए मात्रै आईसोलेसनमा बसौं। स्वास्थ्य कर्मी तथा सुरक्षा कर्मीले दिएको सुझाव ग्रहण गरौं।”