जुम्लामा थप १० दिन निषेधाज्ञा



जुम्ला। जुम्लामा (कोभिड-१९) संकट ब्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले थप १० दिन निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारि भुपेन्द्र थापाको संयोजकत्वमा बसेमो केन्द्रको बैठकले थप १० दिन लकडाउलाई निरन्तरता दिने निणय गरेको हो।

समितिले जिल्लामा कोभिडको संक्रमण समुदाय स्तरमा फैलिएको कारण लकडाउन यहि जेठ २१ गतेसम्म लम्ब्याएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जारि गरेको विज्ञप्तिमा उल्लेख छ।

अत्यावश्यक सवारी साधन,अनुमति प्राप्त सवारि साधन, सुरक्षानिकायका सवारी साधन, दैनिक उपभोग्य सामग्री ढुवानिका साधनहरु स्वास्थ्य मापदण्ड लागू गरि आवातजावत गर्न पाउनेछन।

दैनिक उपभोग्य बस्तु किनबेचका लागि बिहान ९ बजेसम्म खुला रहने। तर, अन्य पसल, व्यवसाय पूर्णरुपमा बन्द रहनेछन्।