काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले आफूलाई सोधिने स्पष्टीकरणको कुनै अर्थ नरहेको बताएका छन्।
सोमबार सिंहदरबारमा पत्रकारहरुसङ्गको कुराकानीमा नेता रावले अध्यक्ष केपी ओली अवैध भएकाले सोधिने स्पष्टीकरणको कुनै अर्थ नरहने बताएका हुन्।
त्यस्तै अदालतले प्रतिनिधि सभा पुनः स्थापना गरेर शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि तपाइँहरु रास्ट्रपतिमाथि महाअभियोग लगाउनु हुन्छ ? भनेर सोधेको प्रश्नको जवाफमा उनले भने, “त्यो के गर्ने ? त्यतिबेलै कुरा गरौंला। तर राती अध्यादेश ल्याउने, संविधानका धारा छलेर रातारात प्रधानमन्त्री बनाउने र निरन्तर अवैधानिक काम गर्ने रास्ट्रपति र प्रधानमन्त्रीहरु देशले कति बोकिरहन सक्छ, तपाईं आफै भन्नोस्।”