सुर्खेत। कर्णालीमा एकै दिन ५१० जनाले काेराेना जितेका छन्।
पछिल्लाे पटक निकाे भई डिस्चार्ज हुनेकाे याे सबैभन्दा धेरै संख्या हाे। अब, कर्णालीमा ६ हजार ४ सय ६ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै पछिल्लाे २४ घण्टामा २७९ काेराेनाका नयाँ बिरामी थपिएका छन्।
आरटीपीसिआर विधिबाट २४९ जनामा गरिएकाे परिक्षणबाट ११९ जनामा काेराेना पुष्टि भएकाे छ भने ६११ जनामा गरिएकाे एन्टिजेन विधिकाे परीक्षणबाट १६० जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जानकारी दिएकाे छ।
यस्तै पछिल्लो २४ घण्टामा १० जनाकाे काेरानाबाट मृत्यु भएकाे छ। मृत्युु हुनेमा दैलेखका १, डाेल्पा १, जुम्ला १ , सल्यान ३ र सुर्खेतमा ४ जनाकाे मृत्यु भएकाे छ।