काठमाडौं। प्रधानमन्त्री केपी ओलीले काङ्ग्रेसलाई प्रचण्ड पथमा हिडेको आरोप लगाएका छन्।
प्रधानमन्त्री पदको लोभमा पार्टी फुटाएर सत्तामा पुग्न काङ्ग्रेसले प्रचण्ड पथमा पुगेको टिप्पणी गरेका हुन्।
बालुवाटारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै ओलीले चुनाव तोकिएको समयमा हुनेमा विश्वस्त रहन आग्रह गरे। साथै उनले सत्ता कब्जाको अभ्यास भईरहेको बताए।
आफूले भने जस्तो नभएको खण्डमा कु गरेको, असंवैधानिक भयो भन्न मिल्छ? भन्दै प्रश्नसमेत गरेका छन्।