सुर्खेत। कर्णाली प्रदेश सरकारले कोरोना संक्रमित बिरामीका लागि प्रयोग हुने रेमडेसिभिर औषधी खरीद प्रक्रिया अगाडि बढाएकाे छ।
कोरोना संक्रमितका बिरामीलाई उपचारमा प्रयोग हुने औषधी खरिदका लागि कर्णाली प्रदेश मन्त्रिपरिषदले सामाजिक विकास मन्त्रालय आवश्वक प्रक्रिया थाल्न निर्देशन दिएको हो।
कोरोनाका बिरामीको उपचार तथा रोकथामका लागि अक्सिजन, औषधि खरीद र हवाई उद्धारका लागि १३ करोड ८० लाख बजेट निकासा गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेसँगै प्रक्रिया अगाडि बढाएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।