कर्णाली प्रदेशमा ६ जना कोरोना संक्रमितको मृत्यु



काठमाडाैं। कर्णाली प्रदेशमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा उपचाररत थप ६ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिए।

उनका अनुसार मृतकमध्ये सुर्खेतका ५ जना र कालीकोटका एकजना रहेका छन्।
योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९२ पुगेको छ।