सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा युवाहरूले कोरोना विपतको सारथि बन्ने भन्दै सहयोग अभियान संचालन गरेका छन्।
शुक्रबार ममता अधिकारीसहितको युवाहरुले ” विपतका सारथी कर्णालीका युवा अभियान” को शुरुआत गरेका हुन्।
अभियानको पहिलो दिन ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई चिया, बिस्कुट, पानी प्रदान गरिएको अधिकारीले कर्णाली सन्देशलाई जानकारी दिएकी छन्।
उनका अनुसार आजैदेखि प्रादेशिक अस्पतालमा बिरामी कुरुवालाई खानाको प्रवन्ध मिलाईने छ। रोग र भोकको चपेटामा परेका मानिसहरूलाई सक्दो सहयोग गर्ने अभियानको लक्ष्य रहेको छ।