नेपाल पक्षीय सांसदहरु सिंहदरबारमा



काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय सांसदको भेला सुरू भएको छ।

सिंहदरबारस्थित लेखा समितिको हलमा शुक्रबार अपरान्ह सांसदहरू भेला भएका हुन्।

भेलामा राष्ट्रपति विद्या भण्डारीले सरकार बनाउन दिएको समय सीमाबारे छलफल हुने बताइएको छ। माधव नेपालसहित २० जनाभन्दा बढी सांसद सिंहदरबार पुगेका छन्।

राष्ट्रपतिले बिहीवार साँझ संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गरेसँगै दलहरु छलफलमा जुटेका हुन्।