काङ्ग्रेसले भन्यो, “रास्ट्रपतिको कदम असंवैधानिक”



काठमाडौं। नेपाली काँग्रेसले राष्ट्रपतिबाट बिहीबार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया सुरु गर्न भनि आह्वान गर्दै जारी गरेको विज्ञप्तीलाई असंवैधानिक भएको ठहर गरेको छ।

‘आज २०७८ जेठ ६ गते सम्माननीय राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक छ’, काँग्रेसले बिहीबार अबेर जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठक आज शुक्रबार ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको उनको विज्ञप्तिमा उल्लेख छ ।