स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा अर्जुन केसी



काठमाडौं। स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनलमा ट्याक्सीमाण्डु सर्भिस प्रा.लिका अर्जुन केसी बिजयी भएका छन्।

यो प्रतिष्पर्धाको फाइनलमा पुगेका बिभिन्न कम्पनीका १० उत्कृष्ट स्टार्टअपहरुले भाग लिएका थिए। विश्वभरका ६० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिश्पर्धा नेपालमा स्टार्टअपहब नेपालले आयोजना गरेको हो।

अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअपहब नेपालमार्फत वर्ल्डकप नेपाल भित्र्याएको हो।

स्टार्टअप वल्र्डकपको नेपाल एडिसनमा उत्कृष्ट १० स्टार्टअपहरु छनौट भएका थिए। बिजयी ट्याक्सीमाण्डुका अर्जुन केसीले आयोजककै खर्चमा अमेरिकाको सान–फ्रान्सिस्कोमा विश्वब्यापी प्रतिश्पर्धामा सहभागी हुने अबसर प्राप्त गरेका छन् ।

स्टार्टअप वर्ल्ड कपको कोअर्डिनेटिङ पार्टनरको रुपमा राष्ट्रिय युबा परिषद रहेको छ । अन्य सह–आयोजकहरुमा क्यान फेडेरेशन नेपाल, आइसिटी एशोसियसन नेपाल, सिएसआईटी एशोसियसन नेपाल र रोबोटिक एशोसियसन नेपाल रहेका छन् ।

नेपालका उत्कृष्ट १० स्टार्टअपहरुमा कुल थर्मल ईनजी, स्याटेलाईट स्टार्टअप, ईन्नेभेटिभ अटोमोबाईल लगायत रहेका थिए । स्टार्टअप विश्व बिजेता बन्न सकेमा एक मिलियन डलर (१२ करोड नेपाली रुपँया बराबर) पुरस्कार पाउने आयोजकले बताएका छन् ।