काठमाडौं। कोरोना संक्रमितहरुको उपचारमा प्रभावकारी देखिएको ‘रेम्डिसिभिर’ औषधिको नेपालमै उत्पादन सुरु हुने भएको छ।
यसको उत्पादनका लागि सफल परीक्षण समेत भइसकेको छ। नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले उत्पादन प्रक्रिया सुरु नै भइसकेको जानकारी दिए।
उनका अनुसार पहिलो पटक नेपालमा उत्पादनका लागि वीरगञ्जको नेसनल हेल्थ केयरले लाइसेन्स पाएको छ। लाइसेन्स पाएसँगै गरिएको परीक्षण समेत सफल भएपछि नेसनल हेल्थ केयरले उत्पादनको प्रक्रिया सुरु गरिसकेको र अबको एक महिनामा उत्पादन तयार भइसक्ने महासचिव अधिकारीले जानकारी दिए।