लमजुङमा फेरि भूकम्प



काठमाडौं। लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए। भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महसुश भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पनि ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको थियो। दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले हो।