एमाले कार्यदलको पहिलो बैठक सम्पन्न



काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा नेकपा एमाले विवाद समाधान सम्बन्धि बनेको कार्यदलको पहिलो बैठक बसेको छ।

बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष डा.भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचीव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य डा.सुरेन्द्र पाण्डे र रघुजी पन्त र अध्यक्ष ओली पक्षबाट सुभाष नेम्वाङको नेतुत्वमा सचीव प्रदिप कुमार ज्ञवाली, तथा केन्द्रीय सदस्य बिष्णु रिमाल सहभागी रहेका छन्।

प्रधानमन्त्री केपि शर्मा ओली र माधव कुमार नेपाल पक्षबीच देखिएका विवाद समस्या समाधान गर्न यहि जेष्ठ २ गते १० सदस्यीय कार्यदलको गठन भएको थियो।कार्यदलमा रहेका ओली पक्षका बिष्णु पौडेल र शंकर पोखरेल ब्यस्तताको कारण बैठकमा उपस्थित भएका थिएनन्।

बैठक पछि बोल्दै नेकपा एमाले उपाध्यक्ष रावलले पार्टी एकताको लागि कार्यगत एकताको लागि कार्यबिधी कार्य क्षेत्र र आचार संहिता तयार गरि पार्टी पंक्तिलाई एकताबद्वनगरि अधि बढन पार्टी संबद्ध ब्यक्तीसंग परामर्श गरि अगाडी बढने बताए। कार्यदलको अर्को बैठक भोलि पुन:बस्नेछ।