काठमाडौं। नेकपा एमाले पार्टीले आन्तरिक विवाद समाधान गर्नका लागि १० सदस्यीय कार्यदल बनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएको हो।
वार्ताले एमाले विवाद समाधान गर्न १० सदस्यीय वार्ता टोलि गठन गरेको छ। वार्ता टोलिले ३ दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ।
अध्यक्ष ओलीको तर्फबाट
१. सुवासचन्द्र नेम्वाङ
२. शंकर पोखरेल
३. बिष्णु पौडेल
४. प्रदिपकुमार ज्ञावाली
५. बिष्णु रिमाल
नेपालको तर्फबाट
१. डा.भिम रावल
२. डा.सुरेन्द्र पान्डे
३. गोकर्ण बिष्ट
४. रघुजी पन्त
५. घनश्याम भुषाल