कोरोनाका कारण कालिकोटमा एक जनाको मृत्यु



कालिकोट। कोरोनाका कारण जिल्लाको रास्कोट नगरपालिका–५ का ८३ वषिय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ।

बैशाख २८ गते कोरोना संक्रमण भइ जिल्ला कोभिड अस्पतालमा भर्ना गरिएको थियो। अस्पतलामा भनाई गरिएको केही दिनमै उनको निधन भएको हो।

उनी पहिलेदेखी नै दमको रोगी थिए। अहिलेसम्म जिल्लामा कोरोनाका कारण २ जनाको मृत्यु भइसकेको छ।

उनलाई अक्सिजन दिइरहनुपर्ने थियो हामीले निरन्तर अक्सिजन दिइरहेका थिर्यौ उनको फोक्सोले काम गर्न छाडिसकेको कोभिड अस्पतालका संयोजक डा. राजकमल कार्कीले बताए। उनका अनुसार उनमा अक्सिजनको मात्रा पनि न्यून रहेका निधन भएको हो।