जुम्लामा संक्रमितका घरमा पुगेर राहत प्रदान



                                                            जुम्ला। जिल्लाको जुम्ला चन्दननाथ नगरपालिकाले (कोभिड-१९) संक्रमितको घरमा पुगेर पोषिला आहारा,स्वास्थ्य सामाग्री र भिटामिन प्रदान गरेको छ।

नगरस्तरी विपद व्यवस्थापन समितिको बैठकले संक्रमितका घरमा पोसिला आहारासंगै स्वास्थ्य सामाग्री पुराउने निर्णय गरेको थियो।

जनप्रतिनिधि,स्वास्थ्यकर्मी र कर्मचारी कोसेली लिएर संक्रमितका घरघरमा पुगेका हुन्।

चन्दननाथ नगरपालिकामा हालसम्म ६१ जना संक्रमित छन्। जसमध्य ४३ जना होमआइसोलेनमा बसेका छन्। बाँकी कर्णाली प्रतिष्ठानको आइसोलेसनमा उपचारथ छन्।

घरमा बसेका र अस्पतालबाट फर्किन गरी पहिलो चरणमा चन्दननाथका ५५ जना संक्रमितलाई घरघरमै पुगेर पोषिलो आहारा,स्वास्थ्य सामाग्री र भिटामिन प्रदान गरेको मेयर कन्तिका सेजुवालले जानकारी दिएकी छन्।

चन्दननाथ नगरपालिकाका १० वटै वडाकाका ५५ संक्रमितलाई निको नभएसम्मका लागि पुग्नेगरी घरमै पुगेर चना २ केजी, अण्डा १ क्यारेट, च्यावनप्रास १ बट्टा, १५ दिनका लागि भिटामिन सि र भिटामिन बि, साथै साबुन २ चक्की, सेनिटाइजर १ बट्टा र मास्क २ प्याकेट वितरण गरिएको चन्दननाथका विपद व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताए।