सुर्खेत। कर्णाली प्रदेशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार नाघेको छ।
हाल प्रदेशका अस्पताल, आइसोलेसन र होम आइसोलेसन गरी ५ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा पीसिआर विधिबाट गरिएको परीक्षणमा २१९ र एन्टिजेन विधिबाट १८२ जना गरी ४०१ जनामा संक्रमण पुष्टि भएको छ।
यसै गरी पछिल्लो २४ घन्टामा २३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै कुल संक्रमितमध्ये हालसम्म ९ हजार ६५० जना उपचार पछि निको भएका छन् ।
पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कर्णाली प्रदेशमा हालसम्म १३४ जनाको मृत्यु भएको छ ।