काठमाडौं। नेकपा एमालेकी नेता रामकुमारी झाँक्रीले ठोस प्रस्तावबिना गरिएका सहमतिको अर्थ नरहने टिप्पणी गरेकी छन्।
बिहीवार सामाजिक संजाल फेशबुकमार्फत नेता झाँक्रीले उक्त कुरा बताएकी हुन्।
उनले लेखेकी छन्, “ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ। ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन।”
साथै उनले अध्यक्ष ओलीसङ्ग आत्मसमर्पण गर्दा कम्युनिस्ट आन्दोलनको बिसर्जन हुने बताएकी छन्।
उनले अगाडि लेखेकी छन्, “जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ।”