काठमाडौं। जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन्।
केहीबेरअघि महतो देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन्। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष आजै दाबी पेस गर्दैछन्।
देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए।
जसपाको उपेन्द्र यादव समूहले देउवालाई सघाएपनि अहिलेसम्म महत्थ ठाकुर र राजेन्द्र महतो विपक्षमा रहेका छन्। यस्तो अवस्थामा महतो देउवा निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।