काठमाडौं। जसपा अध्यक्ष महन्त ठाकुर र एमाले अध्यक्ष केपी ओलीबीचको सम्बन्धलाई लिएर विभिन्न टिप्पणी हुन थालेका छन्।
खासगरि ओलीको एक्लो सारथि बन्न पुगेका महन्तलाई थप राजनीतिक अस्थिरताको कारणका रूपमा ब्याख्या गर्न थालिएको छ।
महन्तले मधेस आन्दोलनका क्रममा कार्यकर्तामाथी लागेका मुद्दा फिर्ताको लागि अल्पमतमा परेको ओली सरकारको एक्लो सारथि बन्नुमा बिदेशी शक्तिबाट परिचित भएको समेत उनीमाथि गम्भीर आरोप पनि छ।
हेरौं केही तत्थ्य:
१.केपी ओलीले ५ पुस २०७७ सालमा संसदको हत्या गरे! संसदले २७ बैशाख २०७८ मा उनको हत्या गर्यो! तर, खेल सकिएन। बरु बिजगणितको राजनीति सुरू भयो।
२. त्यसपछि मधेस प्रेमी तथा बलियो जनमतसमेत भएको पार्टी कांग्रेसलाई सत्रु र मधेस बिरोधि ओलीलाई मित्र देख्ने महन्त ठाकुर थप अस्थिरताको मुख्य कारण बन्दैछ्न।
३. कोरोनाको कहालीलाग्दो अवस्थामा चुनावको नारा दिएर अध्यादेशमार्फत देश चलाउने गतिहीन बाटोमा हिडिरहेका ओलीको एक्लो सारथी बन्न महन्तलाई रहर किन?
४. पुर्व कांग्रेसको नेतासमेत रहेका महन्त गत चुनावमा कांग्रेसकै भोटले विजयी बनेका हुन्। देउवालाई स्वीकार्न किन भारी? राजनीतिमा गुन भन्ने चिज पनि हुन्छ नि ? तर, त्यो कांग्रेसको भोटको अवमुल्ययन गर्दै ओलीको ललिपपमा लठ्ठ छन् महन्त।
५. महन्तले बहुमतको सरकार निर्माणमा बिना सर्त लाग्नुपर्छ। यसो हुँदा जसपा पनि जोगिन्छ। एमाले पनि जोगिन्छ। थप अस्थिरता पनि हुन्न। ओली अराजकतन्त्रको अवसान पनि हुन्छ। तर, महन्तले मानेनन् भने एमाले फुट्छ। माधव नेपाल पक्षले विद्रोह गर्छ। ओली र महन्तको खेल समाप्त हुन्छ।
६. ओली सत्तामा जति दिन रहन्छ, देश त्यति नै कम्जोर र अस्थिर बन्दै जान्छ। भ्रष्टाचार, कमिसन बढ्छ।
त्यसैले महन्त ठाकुरले बेलैमा ओलीको ललिपप चिन्नुपर्छ। बहुमतको सरकार गठनमा साथ दिनुपर्छ। मधेसका मुद्दा समाधान गर्नपर्छ। अहिलेको आवश्यकता भनेको पुरानो मुद्दा होइन, नयाँ मुद्दाको हल गर्नु हो।