कर्णाली प्रदेश: तीनजना नयाँ मन्त्री थपिए



सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीपरिषद् फेरबदल गरेका छन्।

यसअघि २०७४ माघमा नियुक्त भएका मन्त्रीद्वय विमला केशी र नरेश भण्डारीको स्थानमा माओवादी केन्द्रका तीन जना नेतालाई मन्त्रीमा नियुक्त गरेका हुन्।

नियुक्त हुनेमा विन्दमान बिष्ट, सीता नेपाली र गोपाल शर्मा छन्। बिष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय, नेपालीलाई भौतिक विकास मन्त्रालय फुटाएर जलश्रोत मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएको मुख्यमन्त्री कार्यालय स्रोतले नेपाली रैबारलाई जानकारी दिएको छ।

विष्ट र नेपाली सुर्खेत तथा शर्मा रुकुमपश्चिमबाट प्रदेश सभामा प्रतिनीधित्व गर्ने सांसद हुन्। आज बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकमा आर्थिका ममिला तथा योजना मन्त्री केसी र आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीले राजिनामा दिएका थिए।

बैठकमा नै मुख्यमन्त्रीले दुबै जना मन्त्रीको राजिनामा स्वीकृत गरेर नयाँ मन्त्री मन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबार विहान ११ बजे तय गरिएको छ ।

यस्तो छ पुनर्गठित मन्त्रिपरिषदको कार्यविभाजन: 

१.महेन्द्रबहादुर शाही, मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सामाजिक विकास मन्त्रालय
२.नन्दसिंह बुढा, मन्त्री – उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
३.अमरबहादुर थापा, मन्त्री – भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय
४.कुर्मराज शाही, मन्त्री – भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
५.विन्दमान विष्ट, मन्त्री – आन्तरिक मामिला, कानुन, यूवा तथा खेलकुद मन्त्रालय
६.सीता कुमारी नेपाली, मन्त्री – जलस्रोत तथा उर्जा विकास मन्त्रालय
७.गोपाल शर्मा, मन्त्री – आर्थिक मामिला तथा योजना मन्त्रालय