सुर्खेत। कर्णाली प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री विमला केसी र आर्थिक मामिलामन्त्री नरेश भण्डारीले बुधबार पदबाट राजीनामा दिएको नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन्।
राजीनामा दिनेहरु माओवादी केन्द्रका मन्त्रीहरु रहेका छन् । उनीहरुले राजीनामा दिनुको कारण खुल्न सकेको छैन । रिक्त स्थानमा आजै नयाँ मन्त्री नियुक्तिको तयारी भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।