काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान र पूर्व प्रधानमन्त्री वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकारको प्रस्ताव अगाडि सारेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बुधबार विहान ट्वीट गर्दै संविधानको धारा ७६ (२) बमोजिम सरकार बनाउनपर्नेमा जोड दिए । देशको संकट हल गर्न उनले चार वटा प्रस्ताव पनि अगाडि सारेका छन्।
‘देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;
२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;
३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत
४.एक बर्षभित्र चुनाव!,’ भट्टराईले ट्वीटरमा लेखेका छन्।