ओलीले जम्मा ९३ मत पाए



काठमाडौं। प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत गुमाएका छन्।

सोमबार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिएका हुन्। उनकै पार्टी एमालेका २० जना सांसद अनुपस्थित रहेक छन्।

उनको पक्षमा मत ९३ परेको छ भने विश्वास छैन भन्नेमा १२४ मत परेको छ। १५ जना तटस्थ बसेका छन्। २३२ जना सासंदको उपस्तिथि रहेको थियो।