कोभिड नियन्त्रण साझा दायित्व हो: प्रम ओली



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको लडाईमा दलहरूको साथ खोजेका छन्।

प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव राख्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीको दोस्रो लहरबाट मुलुक आक्रान्त भइरहेको बताए । ‘हजारौं मानिस अस्पतालमा, हजारौं मानिस घरमै स्वास्थ्य लाभ गरिरहेका छन्,’ उनले भने, ‘कोभिड–१९ को रोकथाम र त्यसको उपचारमा सरकारको ध्यान केन्द्रित छ ।’

उनले यतिबेला कोभिडविरुद्धको लडाईलाई पक्ष वा विपक्षको रुपमा नभई यसलाई परास्त गर्नु सबैको साझा दायित्व हुनुपर्ने बताए । उनले यतिबेला स्थिरता र स्थायित्वका साथ एकतावद्ध भएर, जनताले देख्ने बुझ्ने गरी सबै एकजुट भएर कोभिड–९ विरुद्ध लागेको हुनुपर्ने भए पनि विविध कारणले त्यस्तो हुन नसकेको उनले बताए ।