देश बनाउने अभिभारा युवाको



काठमाडौं। नेपालमा एक त रोजगारै पाउदैन पाइहाले महिना भरि काम गरी दस दिन खान पुग्दैन ठूलो लगानी गर्न लगानी छैन लगानी भएकाहरुको सुरक्षा छैन जति छ लगानी त्यति लगाएर गरेको उत्पादनले बजार भाउ पाउदैन बिचैमा बिचौलियाले खाइ दिन्छ।

आज लाखौं नेपाली नागरिक त्यसै बिदेशीयका हैनन् । देश भित्र रोजगारको सम्भावना नभएर हैन । देश भित्र काम गरि खाने उचित निति र नियम नभएका कारण हरेक नेपाली नागरिक बिदेशी भूमिको गल्ली गल्लीमा दास भएर , अपमानित भएर , मर्नु र बाच्नुको जीवन जिउनु परेको छ। धेरै बिदेशीने युवाहरुको एउटै उत्तर आउछ आफू जन्मेको देशमा बस्न मन थियो।

तर यहाँको झन्झट झेल्नु भन्दा बरु बिदेशी को पिडा सहन सजिलो छ। लाखौं सपना बोकेर बिदेशीने नेपाली नागरिकको पिडा के हो भनेर आजसम्मका कुनै पनि सरकारले अध्ययन नै गरेका छैनन्। एक छाक टार्न बिदेशीयका नागरिकलाई मात्र थाहा छ मिहेनत के हो ? दुख के हो ? पिडा के हो ? अनि आफू जन्मेको देशको माया।

हाम्रो कल्पना भन्दा पर पुगेको बिज्ञान प्रबिधिको आधुनिक युगमा पनि स्वर्ग जस्तो देशका नागरिक बिदेशिनुको मुख्य कारण भनेकै शिक्षा र स्वास्थ्य निशुल्क नहुनु , देश भित्रै योग्यता ,क्षमता र कला अनुसारको रोजगारको ग्यारेन्टी नहुदा आज लाखौं नेपाली नागरिक बिदेशीको नोकर हुनुपरेको छ। हामी लाखौं बिदेशीयका नेपाली नागरिकको पिडा कसले बुझिदिन्छ ?

नेपालको संबिधान २०६२ को धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारको हक हुने लेखिएको छ तर लागु भएको छैन। सरकारले देश भित्रै स्वरोजगारका अवसर सिर्जना गर्ने सोच सहित मुलुक भित्र वार्षिक ४ लाख रोजगारी सिर्जना गरि बेरोजगार तथा अर्धबेरोजगार लाई न्यूनीकरण गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने लेखिएको छ तर देशमा रोजगारी नपाएर बाच्नकै लागी , छोराछोरीलाई पढाउनकै लागि बिरामी पर्दा उपचार गर्नकै लागि, भर्खर जन्मेको छोराछोरी छोडेर, वृद्ध बाआमा र सुत्केरी श्रीमान वा श्रीमती छोडेर बिदेशीनुको पिडा यो संसार खोज्दा पनि पाइदैन होला।

त्यति मात्र कहाँ हो र कयौं घटना यस्ता छन जहाँ वैदेशिक रोजगारको लागी मेनपावर व्यवसायी र त्यसका एजेन्टले आकर्षक काम र कमाइको प्रलोभनमा पारी चर्को पैसा असुल्ने, भनेको ठाउँमा नपठाउने , पठाई हाले एउटा कम्पनीमा भनेर अर्कै कम्पनीमा पठाउने, खान ,बस्न र उपचार निशुल्क हुन्छ भनिन्छ तर उता सबै खर्च तलब बाट कटाइछ यता भनेजस्तो सेवा सुबिधा तथा पारिश्रमिक उता कसैले नि पाउदैनन्।

बरु झन खानपिनको असन्तुलन , कामको चाप , स्वास्थ्य अवस्था कम्जोर हुदा पनि बाध्यताले काम गर्नुपर्छ । यहा यति मात्र कहा होर नेपाली दिदिबहिनीहरु शारीरिक , मानसिक तथा बलात्कार जस्ता जघन्य हिंसाको सिकार बन्नु परेको छ । कतिले काम छोडेर गैरकानुनी काम गरेर जीवन जिउनु परेको छ ।

कसैले बिना गल्ती जेलमा सडिनु परेको छ। यसरी प्रत्यक्ष भोग्नुपरेका पिडा कहिले सम्म लेखेर चित्त मन बुझाउने। अनि यसरी कति पुस्ता सम्म दुख पाउने। जबाफ चाहिन्छ ? त्यसमाथि घरपरिवारको तनाव। कोभिड-१९ कोरोनाको दोस्रो लहर सुरु भएर लगडाउन भएको महिनौं भैसकेको छ। कामकुरो भन्ने नै छैन, खानलाई खानेकुरा छैन, कोरोनाको डर भन्दा भोकको डरले मरिन्छ भन्ने मात्र छ। यस्तो बेला पनि एउटै कोठामा कोचिएर बस्नु बिदेशी भुमिमा रहने नेपाली नागरिक लाई मात्र थाहा छ। यस्तो महामारीका बेला मेरो देशका नेता नागरिकको पिडा भन्दा सत्ता र कुर्सीको लडाइ लडिरहेका छन । आफ्नो पद अनि कुर्ची कसरी जोगाउने ? मेरो भुमिका के हुन्छ ? भनेर भ्याइनभ्याई छ

यस्तो अबस्थामा म जस्ता युवाहरूलाई दोष दिन चाहान्छु। किन कि देशको मेरुदण्ड भनेकै युवा हो त्यही युवा देशलाई अफ्ट्यारो परेको बेला, संस्कृतिले खुट्टा तानेर घिटिघिटी गरिरहेको अवस्थामा हामी नामका युवाहरु टुलुटुलु हेरिरहेका छौ। पटकपटक सत्तामा गएर असफल पुष्टिभैसकेका नेताको कुरामा अझै मख्ख छौ । सायद यही नै होला सबै समस्याको जड। युवा जुटे के हुदैन।

आज जनताले कांग्रेस ,एमाले , माओवादी लगायत कुनै दल खोजेकै हैन जनताले खोजेको शिक्षा र स्वास्थ्य निशुल्क हो देश भित्रै इच्छा अनुसार काम गरिखाने बाताबरण खोजेका हुन।

अब एक पटक पाटी भन्दा माथी उठिर राष्ट्रिय झन्डामा गोलबद्द भैइ साझा समस्याको लागी सबै पाटी, संगठन, अभियानलगायत सम्पुर्ण संघसंस्थाहरु एक भएर फेरी राष्ट्रिय मुक्तिको अभियान चलाउनु आजको आवश्यकता हो।

युवा विद्यार्थीले अध्ययन प्रतिष्ठान खोली समाजमा भएका विभिन्न विकृति, विसंगतिलगायत परम्परादेखी चल्दै आएको अन्धविश्वास जस्तै छुवाछूत, छाउपडी जस्ता कुसंस्कारको अन्त्य गरि दैनिक जीवन व्यबहारमा अनुशासनको पालना गरी इमानदारी, क्षमतावान नागरिक बनाएर आफूभित्रको प्रतिभा चिनाउने गरि सचेत बनाउने उदेश्य रहेको छ। अनि मात्र ब्यक्ती, घर, समाज, गाउँ, जिल्लाहुँदै देश बन्नेछ। यसरी देश ननाउने अभिभारा युवाको काधमा छ।