महन्त तटस्थ, उपेन्द्र पक्ष अविश्वासको पक्षमा



काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले स्वविवेकले मतदान गर्न प्रयोग पाउने भएका छन्।

पार्टी शीर्ष नेताहरुको आइतबार बसेको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो। संघीय परिषदका संयोजक डा. बाबुराम भट्टराईको निवास, टोखामा बसेको बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले तटस्थ बस्ने प्रस्ताव गरेका थिए। तर डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका नेताहरुले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मत दिनुपर्ने बताए।

मध्यमार्गी सहमति खोज्दै सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय भएको नेता राजेन्द्र श्रेष्ठ बताउछन। उनले अघि भने, ‘तटस्थ बस्न चाहने साथीहरुले तटस्थ बस्न पाउनुहुन्छ। हामी चाहिँ विपक्षमा मतदान गर्छौं।’